बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रङ्गभेदको विरुद्धमा ट्वीट गर्दा बलिउड सेलिब्रिटीमाथि किन उठिरहेछ प्रश्न ?

आइतबार, २५ जेठ २०७७, ०८ : ०९
आइतबार, २५ जेठ २०७७

एक अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएपछि अमेरिकाको मिनेपोलिस शहरसमेत अन्य थुप्रै शहरमा हिंसा भड्किएको छ । त्यहाँ मानिसहरु रङ्गभेदविरुद्ध आवाज उठाइरहेका छन् र प्रदर्शनलाई रोक्नका लागि अमेरिकाका विभिन्न शहरमा करफ्यू लगाइएको छ ।

धेरैजसो विरोध–प्रदर्शन शान्तिपूर्ण नै रह्यो तर थुप्रै विरोध–प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीसँग संघर्ष गरिरहेको देखिएका छन् । यतिबेला प्रदर्शनकारीले प्रहरीको कार पनि जलाइदिए, सम्पत्तिमाथि आगजनी गरियो र पसल पनि लुटे ।

अमेरिकाका साथै संसारको विभिन्न हिस्सामा पनि यो घटनाको विरोधमा प्रदर्शन भइरहेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पनि शुक्रबार राजधानी ओटावामा संसदभवन अगाडि रङ्गभेदविरुद्धको प्रदर्शनमा समावेश भए ।

भारतमा पनि मानिसहरुले यो घटनाविरुद्ध आवाज उठाइरहेका छन् साथै संसारभरी रङ्गको आधारमा हुने भेदभावको अन्त्य गर्न अपिल गरिरहेका छन् । यसका लागि सोसल मिडियामा #BLACK_LIVES_MATTER ह्याशट्याग पनि प्रयोग गरिँदैछ ।

यद्यपि, बलिउडका केही अभिनेता र अभिनेत्रीले जब आफ्नो सोसल मिडिया अकाउन्टमा यस घटना र रङ्गभेदको विषयमा टिप्पणी गरे तब मानिसहरुले उनीहरुलाई विभिन्न प्रश्न गरेका छन् ।

धेरैले भारतमा यस्तो घटना हुँदा बलिउड सेलिब्रिटी चुप बस्छन् तर अमेरिकाको यो घटनाले उनलाई दुःख पुर्याएको भन्दै टिप्पणी गरेका छन् ।

सोसल मिडियामा यस्ता थुप्रै टिप्पणी देखियो जसमा मानिसहरुले गोरो बनाउने क्रिमको विज्ञापन गर्ने अभिनेता र अभिनेत्रीको तस्बिर पोस्ट गर्दै उनीहरुको कुरा कत्तिको जायज छ भनेर प्रश्न सोधिरहेका छन् ।

टिम कंगना रनौतको ट्वीटर ह्यान्डलबाट बीबीसी न्यूजलाई दिएको अभिनेत्री कंगना रनौतको एउटा अन्तरवार्ता सेयर गरिएको छ जसमा उनीहरुले स्थानीय मुद्दालाई छोडेर हज्जारौं किलोमिटर टाढा अमेरिकाको मुद्दाको विषयमा भारतीय सेलिब्रिटीको चिन्तामाथि उनले कटाक्ष गरेकी छिन् ।

जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री र नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले पनि अमेरिकामा भएको यो घटनामाथि भारतीय सेलिब्रिटीको ट्वीटमाथि प्रश्न उठाएका छन् । उनले ट्वीटरमा लेखिन्, ‘ती सबै सेलिब्रिटीका लागि निकै सम्मान जसले #BLACK_LIVES_MATTER ह्याशट्यागको प्रयोग गरिरहेका छन् । जब तपाईं अमेरिकीको जीवनका लागि ट्वीट गर्नुहुन्छ तर भारतीयका लागि गर्न सक्नुहुन्नँ नि, यसले तपाईंको कायरता देखाउँछ ।’

पत्रकार राणा अयूबले पनि ट्वीटरमा लेखे, ‘हाम्रा स्टार दिल्लीमा मुसलमान विरोधी घटना, लिचिङ्ग, नागरिकता कानून, शिक्षाविद् र बुद्धिजीविहरुको गिरफ्तारीमाथि चुप बस्छन् उनीहरु ब्ल्याक लाइभ्स म्याटर प्रयोग गरिरहेका छन् ।’

नेतृ कविता कृष्णनले आफ्नो एक ट्वीटमा अभिनेत्री प्रियंका चोपडामाथि प्रश्न उठाइन् जसमा उनले विश्वव्यापी रुपमा रङ्गभेदविरुद्ध धेरै कुरा गर्नुपर्ने लेखेकी छिन् ।

कविता कृष्णले ट्वीटमा लेखिन्, ‘प्रियंका चोपडा, जर्ज फ्लोयडको हत्या र ह्याशट्याग ब्ल्याक लाइभ्स म्याटरमा तपाईंको एकजुटता देखेर खुसी लाग्यो । तर तपाईं आफ्नै देशमा भइरहेको मुसलमानविरुद्ध भारतको पुलिसको संस्थागत इस्लामोफोबिक हिंसामा किन चुप हुनुहुन्छ ? कृपया भनिदिनुहोस् ।’

बलिउड अभिनेता अभय देओलले पनि इन्स्टाग्राममा एउटा लामो पोस्ट लेखेका छन् जसमा उनले देशका सेलिब्रिटीलाई अमेरिकामा भएको घटना देख्न सक्ने र अब उनीहरुले आफ्नो वरिपरि नै भइरहेको घटनामाथि पनि विचार गर्नुपर्ने बताएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Maybe it’s time for these now? Now that “woke” indian celebrities and the middle class stand in solidarity with fighting systemic racism in America, perhaps they’d see how it manifests in their own backyard? America has exported violence to the world, they have made it a more dangerous place, it was but inevitable that it would come back karmically. I’m not saying they deserve it, I’m saying look at the picture in it’s totality. I’m saying support them by calling out the systemic problems in your own country, because they turn out to be one and the same thing. I’m saying follow their lead but not their actions. Create your own actions, your own movement, relevant to your own country. That is what the black lives matter movement is all about! In the larger picture, there is no “us” and “them”. There is not a country that’s real. But a planet in peril. #migrantlivesmatter #minoritylivesmatter #poorlivesmatter Black Lives Matter (find out why not to use the hashtag and still support the movement).

A post shared by Abhay Deol (@abhaydeol) on

अर्को एउटा पोस्टमा उनले लेखे, ‘पछिल्ला केही वर्षमा भारतमा गोरो बनाउने क्रिमको बिक्रि बढ्दो छ । गोरो बनाउने बाहेक अब छाला चम्किलो र सेतो बनाउने क्रिम पनि बिकिरहेको छ । धेरैजसो ब्रान्ड गोरोपनको ट्याग राख्न चाहँदैनन् ।’

अभय देओलका यी सोसल मिडिया पोस्टमा हज्जारौंले आफ्नो धारणा व्यक्त गरेका छन् । जसमा थुप्रै सेलिब्रिटीमाथि प्रश्न उठाइएको छ ।

पूर्व क्रिकेटर हरभजन सिंहले अभय देओलको इन्स्टाग्राम पोस्टलाई ट्वीट गरेर लेखेका छन्, ‘अभय देओल, तपाईंसँग पूर्ण समर्थन छ । हो, हरेक प्रवासीको जीवन महत्वपूर्ण छ । हो, अल्पसंख्यकको जीवन पनि महत्वपूर्ण छ । हो, गरिबको जीवन पनि महत्वपूर्ण छ ।’

अभिनेत्री दिसा पटानीले ३० मेमा एउटा तस्बिर पोस्ट गरिन् जसमा लेखिएको थियो, ‘सबै रङ्ग सुन्दर छन् ।’

थुप्रै सोसल मिडिया प्रयोगकर्ताले उनको यो ट्वीटका लागि उनीमाथि निशाना साँधे । एक प्रयोगकर्ताले लेखिन्, ‘तपाईं त्यो फेयरनेस क्रिमको विज्ञापनका लागि काम गर्नुहुन्छ जसले भन्छ, ‘थप गोरोपन...’

अभिनेत्री तमन्ना भाटियाले पनि आफ्नो तस्बिर पोस्ट गरिन् जसमा उनले लेखेकी छिन्, ‘तपाईंको मौनताले तपाईंलाई बचाउँदैन । के मानिस, के जनावर, हरेक जीवन महत्वपूर्ण छैन र ? कसैलाई चुप लगाउनु संसारको कानूनविरुद्ध हो । हामीले पुनः मानिस हुनका लागि, दया व्यक्त गर्नका लागि, प्रेम अपनाउनका लागि, कति कुरा बिर्सनुपर्ने हुन्छ र सिक्नुपर्ने हुन्छ ।’

यो पोस्टमा थुप्रै मानिसहरुले उनीमाथि प्रश्न उठाएका छन् र गोरोपनको दाबी गर्ने क्रिमको उनको विज्ञापनको तस्बिर पनि पोस्ट गरे । कतिले उनीमाथि आफ्नो देशको समस्याबारे पनि प्रश्न उठे ।

एक व्यक्तिले लेखे, ‘ती व्यक्ति जसले गोरो बनाउने क्रिमको प्रयोग गरिरहेका छन्, अरुलाई पनि यो प्रयोग गर्न सुझाइरहेका छन् तर रङ्गभेदको विरोध पनि गरिरहेका छन्, उनीहरु एक दर्जाका पाखण्डी हुन् ।’

यस्तै, अर्का एक व्यक्तिले लेखे, ‘के तपाईंले प्रवासी मजदुरबारे पनि कुरा गर्नुभएको छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप