राजधानीमा फ्लाइओभरः सपना मात्र बाँडिन्छ, बनाइँदैन
काठमाडौं - सरकारले आर्थिक वर्ष ०६६/६७ को बजेट वक्तव्यमा पहिलोपटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो । त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको छैन ।
अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष (०७६/७७) को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने’ घोषणा गरेका थिए ।
अर्थमन्त्रीले उक्त घोषणा गरेको गत जेठ १५ गते एक वर्ष बित्यो । त्यसतर्फ कुनै प्रगति जनताले देखेका छैनन् । उनै खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा पनि काठमााडौं–कलंकी खण्डको तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने घोषणा दोहोर्याए ।
सरकारले ११ वर्षअघि उपत्यकामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेको थियो । उक्त सपना कागजमै सीमित छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव