बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्राउन सुगरसहित तीन जना सशस्त्र प्रहरीको फन्दामा

शनिबार, २४ जेठ २०७७, १९ : ३२
शनिबार, २४ जेठ २०७७

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १० जुगेडा कटानबाट जेठ २४ गते सशस्त्र प्रहरीले ११ ग्राम सात सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
  
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय गौरब श्रेष्ठ, २३ वर्षीय राजेन्द्र भाट र १८ वर्षीय बलराम राना रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जुगेडाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

सु.प.प्र.प. ०१–००८ प ५४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको २० वटा सानो प्याकेट ब्राउन सुगर फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता अजय छतकुलीले बताए । 

सशस्त्र प्रहरीले त्यसबेला उल्लेखित मोटरसाइकल, मोबाईल तीन वटा र पाँच हजार रुपैयाँ समेत बरामद गरेको छतकुलीले जानकारी दिए । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर, मोटरसाइकल, मोबाईल र रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप