अर्घाखाँचीमा थप एक जनामा संक्रमण पुष्टि , कूल सख्या ५ पुग्यो
शनिबार, २४ जेठ २०७७, १७ : ३८
बुटवल। अर्घाखाँचीमा शनिवार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित अर्घाखाँचीमा संक्रमितको संख्या ५ जना पुगेको छ ।
जिल्लाको छत्रदेव छत्रदेव गाउँपालिका वडा न ५ छत्रगञ्जको क्वारेन्टाइनमा रहेका ४९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार संक्रमित ब्यक्ति भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए
यसभन्दा अगाडि पाणिनी गाउँपालिका पालीको क्वारेन्टिनमा रहेका दुई जना र शितगंगा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो भने भूमिकास्थान नगरपालिकाका एक युवकको भारतबाट घर फर्किने क्रममा बसमा निधन भएको थियो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।
शनिवार कोरोना संक्रमित भएका व्यक्तिलाई आजै सदरमुकाम सन्धिखर्कको आईसोलेशनमा पठाइएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा सवारी व्यवस्थापन : मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त