शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा ‘एक सिपाही एक बिरुवा अभियान शुरु’

शनिबार, २४ जेठ २०७७, १७ : ३५
शनिबार, २४ जेठ २०७७

पाल्पा । नेपाली सेनाले ‘एक सिपाही एक बिरुवा अभियान’ शुरु गरेको छ ।  विश्व वातावरण दिवस अवसर पारेर नेपाली सेना गोरखदल गण पाल्पाले शुक्रबारदेखि बिरुवा रोपेर सो अभियान शुरु गरेको हो । 

गणपति जनककुमार बस्नेतले तानसेनस्थित सेन माध्यमिक विद्यालय परिसरमा फलफूलको बिरुवा रोपेर सो अभियानको शुभारम्भ गरे । अभियानअन्तर्गत सेनाले विद्यालय परिसरमा धुपीसल्ला चार, कपुर १२, मसला चार, चिउरी दुई, सुन्तला चार, कागती चार, अम्बा चार, खल्ढुक चार र एग्रोगार्ड दुई बिरुण रोपेका छन् ।

सो अवसरमा गणपति बस्नेतले पाल्पाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यमा फलफूलका बिरुवा रोप्न माग आएमा सेनाले सहयोग गर्ने बताउनुभयो । नेपाली सेनाले हरियाली बनाउने अभियानअन्तर्गत पाल्पाको मस्याम र श्रीनगर क्षेत्रमा पनि वृक्षरोपण गरेको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीले विद्यालय क्षेत्रभित्र रोपिएका बिरुवा हुर्किँदा हरियाली बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

गोरखदलले गणभित्रको नर्सरीमा फलफूलका बिरुवा आफैं उत्पादन गर्दै आएका छन् । कपुर एक हजार, तेजपात एक हजार, खल्डुक ५००, धुपी सल्ला, कपुर, मसला, चिउरी, सुन्तला, कागती, अम्बा र एग्रोगार्ड लगायतका महत्वपूर्ण फलफूल तथा जडीबुटीका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको गोरखदल गणले जनाएको छ ।
 
पाल्पाका ऐतिहासिक स्थल, अमरनारायण मन्दिर, भगतवी मन्दिर, भैरवस्थान र रानीमहल क्षेत्रको सरसफाइलगायतका काममा पनि अग्रसरता देखाएको गोरखदल गणले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप