मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेतृत्वको विषय टुङ्गो लगाउन जसपा नेपालको बैठक जारी

शनिबार, २४ जेठ २०७७, १६ : ५७
शनिबार, २४ जेठ २०७७

काठमाडौं । आइतबार पार्टी दर्ता गराउने गरी नेतृत्वको विषयमा टुङ्गो लगाउन  तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच राजधानीमा बैठक बसिरहेको छ । तत्कालीन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक जारी रहेको छ । 

दुई पार्टीबीच एकीकरण घोषणा भएको ६ हप्ताभन्दा बढी समय बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो नलागेपछि दुवै पार्टीको शीर्ष नेतृत्व यो विषयलाई टुंगोमा पुर्याउन गम्भीर छलफलमा जुटेका छन् ।

वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराइएको छ । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । जसअनुसार आइतबार ४५ दिन पुग्दैछ । आयोगमा आइतबारसम्ममा पार्टी दर्ता गराइसक्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप