कोरोना भाइरसको महामारी चुनौतीसँगै अवसर पनि हो: सांसद भट्टराई
कास्की । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले कोरोना भाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको बताएकी छिन् । ‘अहिलेको यो कोरोनाको सङ्कट पनि देशलाई स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने उपयुक्त अवसर हो’, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित ‘राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता’को अवलोकन गर्दै उनले भनिन्, ‘भौतिक विकासले मात्र समृद्धि हासिल गर्न नसकिने भएकाले सामाजिक न्याय र समतामूलक विकासमा हामीले जोड दिनुपर्छ ।’
सांसद भट्टराईले कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा पनि शिक्षक सङ्गठनले अनलाइनमार्फत् विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउन उत्प्रेरित गरेकामा धन्यवाद व्यक्त गर्दै अहिलेको अवस्थामा प्रविधिमैत्री विद्यालय, अनलाइन कक्षा र शिक्षणका वैकल्पिक उपायहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमको समीक्षा गर्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन केन्द्रीय समितिका अध्यक्ष प्रा डा यादवप्रकाश लामिछानेले वर्तमान समस्याका बीच विद्यार्थीको सहभागिता र विषयवस्तुप्रतिको गम्भीर्यता, गहिराई, प्रस्तुति प्रसंसायोग्य भएको बताए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले अबको युग सूचना र प्रविधिको युग भएकाले कोरोनाले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रविधिमा जोडिन सिकाएको उल्लेख गर्दै यो प्रतियोगिता पनि यसै कोरोनाको कारण सम्भव भएको र यसका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महत्वपूर्ण भूमिका खेलेको बताए । सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले समयको मागलाई ध्यान दिँदै सङ्गठनले पहिलो चरणको अनलाइनमार्फत शिक्षक तालिम र दोस्रो चरणअन्तर्गत वक्तृत्वकला प्रतियोगिता राखिएको जानकारी दिए ।
उक्त प्रतियोगितामा देशभरबाट ९७ विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताको तेस्रो दिन ‘आत्मगौरवका लागि आत्मनिर्भरता’ भन्ने शीर्षकमा १० जना विद्यार्थीले आफ्नो विचार प्रस्तुत गरेका थिए । विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु २५, १५ र १० हजार तथा सान्त्वना सातजनालाई जनही रु दुई हजार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रमका संयोजक तीर्थराज ढकालले जानकारी दिए । कार्यक्रम हरेक दिन बिहान ७ः३० देखि ९ः०० बजेसम्म जुम एपमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की