शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा बन्नेछ १ अर्ब कोरोना भ्याक्सिन, एसआईआई र एस्ट्राजेनेबीच सम्झौता हुँदै

शनिबार, २४ जेठ २०७७, १५ : ३६
शनिबार, २४ जेठ २०७७

एजेन्सी । आजकल धेरैको मनमा एउटा प्रश्न छ– कोरोना भाइरसको महामारी समाप्त गर्ने भ्याक्सिन कहिले बन्ला ? औषधि कहिले पत्ता लाग्ला ? विभिन्न देशले कोरोनाको सम्भावित भ्याक्सिन तयार गर्दैछन्  र यसका लागि परीक्षण भइरहेको छ । यसैक्रममा भारतमा पनि भ्याक्सिन उत्पादनको तयारी हुँदैछ । पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) स्थित ल्याबमा कोरोना भाइरसको भ्याक्सिन उत्पादन गर्ने र आतुर्ति गर्ने तयारी भइरहेको छ । 

ब्रिटिश–स्विडिस फर्मा कम्पनी एस्ट्राजेनेकाले भ्यक्सिन को उत्पादन र आपूर्तिका लागि भारतसँग सहकार्य गर्ने घोषणा गरिसकेको र यही घोषणाअनुरुप एसआईआईसँग सम्झौता हुँदैछ । एस्ट्राजेनेका त्यही कम्पनी हो, जसलाई अक्सफोर्ड विश्वविद्यालयले आफ्नो नयाँ सम्भावित भ्याक्सिको आपूर्तिको जिम्मा दिएको छ । 

एस्ट्राजेनेका र एसआईआई मिलेर १  अर्ब अर्थात् १ सय करोड भ्याक्सिन बनाउने तयारी गर्दैछन् । जसमध्ये ४० करोड भ्याक्सिनलाई यसै वर्षको अन्त्यसम्म आपूर्ति गर्ने लक्ष्य राखिएको छ ।  पुणेमा बन्ने कोरोना भाइरस भ्याक्सिन भारतसहित कम आय भएका देशका लागि आपूर्ति हुनेछ । 

कोरोना भाइरस भ्याक्सिन बनाउने दौडमा अक्सफोर्ड विश्वविद्यालय सबैभन्दा अगाडि छ । यहाँ, भ्याक्सिनको ट्रायल दोस्रो चरणमा पुगिसकेको छ । भर्खरै अक्सफोर्ड विश्वविद्यालयले भ्याक्सिनको दोस्रो र तेस्रो चरणको ट्रायलको घोषणा गरिसकेका छन्, जसमा १ हजार वयस्कलाई सहभागी गराइनेछ । 

एसआईआईको ल्याबमा अहिले १ सय ६५ देशका लागि २ तरिकाका भ्याक्सिन बन्दछन् र हरेक वर्ष करोडौंको संख्यामा यहाँबाट भ्याक्सिन आपूर्ति हुन्छ ।  तर, यसपटक कम्पनीलाई जुन जिम्मेवारी मिलेको छ, त्यसबाट सिईओ आदर पुनावाल अत्यन्तै उत्साहित छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप