कर मिनाहाको माग गर्दै वीरगन्जमा प्रदर्शन
वीरगन्ज । नेपाली काँग्रेसले कर मिनाहाको माग गर्दै शनिबार वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ ले लकडाउनमा जनतालाई सहुलियत दिनुपर्नेमा सरकारले उल्टै कर असुल्ल जारी गरेको सूचनाको विरोधमा शनिबार दिउँसो वीरगन्जको आर्दशनगर चौकमा १२ बजेदेखि १ बजेसम्म विरोध प्रर्दशन गरेको हो ।
विरोध प्रर्दशनमा सहभागि काँग्रेसका नेता कार्यकर्ताले लकडाउन अवधिभरीको कर, व्याज तथा बिजुलीको बिल माफ गर्नुपर्ने माग सहितको अंकित प्लेकार्ड लिएर प्रर्दशन गरेका हुन् । आर्दशनगर चौकमा सामाजिक दुरी कायम गरी उनीहरुले सरकार विरुद्ध प्रर्दशन गरेका हुन ।
काँग्रेस पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष बिजय सर्राफले लकडाउन अवधीभरको कर, बैंक ब्याज र विजुली विल माफ गर्नुपर्ने माग गरे ।
विरोध कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापती अजय दुवेद्धी, पार्टीका युवा नेता एवं पूर्व सासद अनिल रुगंटा, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष श्याम पटेल, नेवि संघका केन्द्रिय सदस्य एवं पार्टीका जिल्ला कोषाध्यक्ष ईम्तीयाज आलम लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु