शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्रीलाई सांसद तुलाचनको प्रश्न –‘कोरोना रोक्न मैले तपाईंलाई दिएको मह खै ? (भिडियोसहित)

शनिबार, २४ जेठ २०७७, १५ : २२
शनिबार, २४ जेठ २०७७

नेकपा सांसद प्रेमप्रसाद तुलाचनले कोरोनाभाइरस रोकथामका लागि सबै संक्रमितलाई हिमाली मह खुवाउन आग्रह गरेका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एक महिनाअघि स्वास्थ्य मन्त्रीलाई मह दिएपनि कुनै ध्यान नदिएकोमा गुनासो गरे । 

सांसद तुलाचनले भने, ‘मैले एक महिना अघि माननीय स्वास्थ्यमन्त्रीलाई कोरोनाको औषधीको रुपमा परीक्षण गर्न प्राकृतिक मह दिएको थिएँ । मैले मह दिएको एक महिना भइसक्यो । स्वास्थ्य मन्त्रीले त्यसलाई ध्यान नदिएका कारण अहिलेसम्म नतिजा आउन सकेको छैन् । त्यसमा म अत्यन्तै दुखित छु ।’

उनले प्राकृतिक महले कोरोना रोक्न सफल भएमा अहिले कोरोना रोक्न ९ अर्व ८५ करोड खर्च भइसकेको अवस्थामा ५ लाख रुपैयाँको मह देशभरका संक्रमितलाई निको पार्ने दावी गरे । यसले बजेट दुरुपयोग रोक्नेभन्दै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण समेत गराए । 

सांसद तुलाचनले यसअघिका बैठकमा आफूले परीक्षणका लागि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई हिमाली मह दिएको बारेमा संसदमा जानकारी गराएका थिए । 

उनले हिमाली जिल्लामा विनियोन गरेको बजेट प्रत्येक बर्ष काम नभएर फ्रिज हुने गरेको बताउँदै त्यसका लागि छुट्टै नीति ल्याउन अर्थमन्त्रीलाई आग्रह गरे । 

उनले वन तथा वातावरण मन्त्रालयगत रुपमा हिमाली क्षेत्रको प्राकृतिक सम्पदा, ताल, वातावरण संरक्षणको कार्यक्रम रहेको तर विगतमा पनि कार्यान्वयन हुन नसकेको गुनासो पनि गरे । 

उनले आफ्नो जिल्लाको सिमा क्षेत्रमा कोरोना टेष्ट क्याम्प राखेको त्यहाँ आरडिटी परीक्षण गर्दा ८ जनामा पोजिटिभ रिर्पोट आएको बताउदै पोखरामा त्यसको स्वाव  परिक्षण गर्दा ६ जनाको पोजिटिभ आएको उल्लेख गरे । २ जनाको रिपोर्ट अझै नआएकोले आरडीटी परीक्षणको विश्वास नभएकोले बन्द गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप