शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियोमा महाकवि सिद्धिदास जयन्ती मनाइने

बुधबार, २१ भदौ २०७४, १६ : ३६
बुधबार, २१ भदौ २०७४

टोकियो– वर्ल्ड नेवाः अर्गनाइजेशन जापानले टोकियोमा महाकवि सिद्धिदास जयन्ति मनाउने भएको छ ।

नेवार  साहित्यका महाकवि सिद्धिदास महाजुको सम्झनामा आगामि सेप्टेम्बर ८  मा उनको सम्झनामा कार्यक्रम गर्न लागिएको हो । जापानमा सिद्धिदासको स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्न लागिएको पहिलो पटक हो ।

सिद्धिदास जयन्ति मनाउने क्रममा जापान  निवासी साहित्यप्रेमीहरुको साहित्यक रचना प्रस्तुत गरिने वल्र्ड नेवाः अर्गनाईजेशनका प्रतिनिधि जनक राज शाक्यले जानकारी दिए ।

महाकवि सिद्धिदास महाजुलाई नेवार  साहित्यमा विशेष सम्मान र महत्वका  साथ हेरिन्छ । सिद्धिदास महाजुले नेपाल भाषा साहित्यलाई पुनर्जागरण गर्न नेपाल भाषामा खण्ड काव्य ,महाकाव्य ,बिबिध विधाका कयौं पुस्तकहरु नेपाल  भाषामा काव्यात्मक रुपले प्रस्तुत गरेका थिए । 

महाजुको जन्म नेपाल सम्बत ९८७ मा भक्तपुरको सुकुलढोकामा भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप