शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्येक प्रदेशमा रासायनिक मल उत्पादन कारखाना खोल्नुपर्छ : गंगा चौधरी

शनिबार, २४ जेठ २०७७, १४ : ३४
शनिबार, २४ जेठ २०७७

नेकपा सांसद गंगा चौधरी सत्गौवाले किसानका लागि मल विउको समस्या भएपनि सरकारले व्यवस्था गर्न नसकेको बताएकी छिन् । 

शनिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केन्द्रीयस्तरमा डिएपी, युरिया जस्ता रासायनीक मलको उत्पादन गर्न माग गरेकी छिन् । यस्तै सात वटै प्रदेशमा एक–एक वटा रासायनीक मल उत्पादन कारखाना स्थापना गर्न आग्रह गरिन् । 

उनले भनिन्, ‘केन्द्रीय स्तरमा यूरिया डिएपी उत्पादन गर्नुपर्ने अवस्था छ । प्रत्येक प्रदेशमा एउटा मल कारखाना स्थापना गर्न आवश्यक छ । देशमा १५÷२० लाख यूवा स्वदेश फर्कदैछन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने अवस्था छ । नेपाली कृषि उपजको बजारीकरणको समस्या रहेको छ ।’ 

उनले सरकारले कनिका छरेजस्तो बजेट छरेको बताउँदै यसले कुनै उपलब्धी हासिल नहुने बताइन् । विकास योजना एकीकृत ढंगले सञ्चालन गर्न आग्रह गरिन् । 

सांसद चौधरीले थारु समुदाय सिकलसेल एनिमिया रोगबाट ग्रसित हुनुपर्ने अवस्था रहेको बताउदै सरकारले यसवर्षको बजेटमा केही नपाउँदा दुःख लागेको उल्लेख गरिन् । साथै पर्यटक भित्राउनका लागि थारु समुदायको सस्कृति, कला, नाँचगानको संरक्षणका लागि  संस्कृति, पर्यटन  तथा नागरिक उडड्यनमन्त्रीको ध्यानाकर्षण गराइन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप