बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु

शनिबार, २४ जेठ २०७७, १४ : २७
शनिबार, २४ जेठ २०७७

काठमाडौं । कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले उनी दम रोगी रहेको र उनको जेठ २१ गते मृत्यु भएको बताए । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए ।  

त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा  कोरोनाको रिपोर्ट पोजेटिभ आएको तिवारीले बताए । 
योसहित नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ भने कर्णाली प्रदेशमा मात्रै ३ जनाको मृत्यु भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप