लकडाउनको प्रवाह नगरी काममा निस्कन थाले सर्वसाधारण
काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आज ७५ दिन पुगको छ ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्त सम्म लम्ब्याएको छ ।
लामो समयसम्म लकठाउन भएपछि जनजीवनसँगै आर्थिक जीवनमा समेत असर पर्न थालेका कारण केहीदिन यता मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कन थालेका छन् । जसका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ ।
शनिबार बिदाको दिन भएको र पानी समेत परेकाले उपत्यकामा सवारी चाप केही कम देखिएको छ । उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी चाप कम भएको पाइएको हो । प्रहरीले विभिन्न ठाउँमा चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक सेवा र सवारी पास नलिई हिँड्ने सवारीलाई नियन्त्रणमा लिइ कारबाही गरेको देखिन्छ ।
उपत्यकाका भित्रि सडकहरुमा पनि सवारी साधन र मानिसहरुको आवागमन देखिन्छ । केही खाद्य सामग्रीका पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल