शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको प्रतिनिधि सभा बैठकको कार्यसूची

शनिबार, २४ जेठ २०७७, १० : १७
शनिबार, २४ जेठ २०७७

बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सुरुमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची  रहेको छ । 
 
विनियोजन  विधेयक,  २०७७  को  विभिन्न  शीर्षकहरुमाथि  जारी  छलफल  अन्र्तगत  अर्थ मन्त्रालय,  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल जारी रहने अर्को कार्यसुची रहेको छ । 

यस्तै, जनमोर्चा सांसद दुर्गा पौडेलले विनियोजन विधेयक, २०७७ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची रहेको छ । 
मिनेन्द्र प्रसाद रिजालले “विनियोजन विधेयक, २०७७ अन्र्तगत अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाईयोस्भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची रहेको छ । 

यस्तै, अन्य सांसदहरु प्रदिप  यादव, प्रेम सुवाल, बहादुर सिंह लामा, रामबाबु कुमार यादव, डिला सँग्रौला, राजेन्द्र  कुमार  के.सी., देवेन्द्रराज कंडेल, मिनबहादुर  विश्वकर्मा, पार्वती डि.सी. (चौधरी), र पद्मनारायण चौधरीले विभिन्न मन्त्रालगत खर्च कटौतीको प्रस्ताव गर्ने कार्यसूची  रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप