बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

शनिबार, २४ जेठ २०७७, १० : १०
शनिबार, २४ जेठ २०७७

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । 

अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।
 
लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । “अहिले धमाधम काम भइरहेको छ”, आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भने, “असार मसान्तसम्म काम सम्पन्न हुन्छ ।” उनले कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर कामलाई निरन्तरता दिएको बताए । 

उनका अनुसार सडकखण्डको नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको छ । 

सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताए । 

नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जीनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको उनले जानकारी दिए । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्नेछ । 

रु १४ करोड नौ लाख लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभीले पाएका हुन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप