बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारको मौसम पूर्वानुमान

शनिबार, २४ जेठ २०७७, ०८ : २७
शनिबार, २४ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ । 

यसैगरी, शनिबार बिहान देशभरी नै सामान्यदेखि पूर्ण बदली भइरहेको छ । प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरुमा हल्का र मध्यम वर्षा भइरहेको छ । भने प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । 

शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशमा पूर्ण बदली हुनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली हुने अनुमान गरिएको छ । 

यस्तै, प्रदेश १,२, र बागमती प्रदेशका  केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ बाँकी  प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको  सम्भावना रहेको छ। 

त्यस्तै, राति  प्रदेश १ र बागमती प्रदेशमा पूर्ण बदली हुने पूर्वानुमान गरिएको छ भने बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप