शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अधिकारीलाई चप्पलले कुटिरहेको बिजेपी नेतृको भिडियो भाइरल

शनिबार, २४ जेठ २०७७, ०८ : २५
शनिबार, २४ जेठ २०७७

हरियाणा भारतीय जनता पार्टीकी नेता सोनाली फोगाटको एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ, यसमा उनी एक व्यक्तिलाई चप्पलले कुटिरहेको देख्न सकिन्छ । टिकटक स्टार सोनाली फोगाटले गत वर्ष राजनीतिमा कदम राखेकी थिइन् र बिजेपीमा प्रवेश गरेकी थिइन् ।

उनले हरियाणा विधानसभा चुनावमा आदमपुर सीटबाट कांग्रेस कुलदीप विश्नोईविरुद्ध चुनाव लडेकी थिइन् । यद्यपि, चुनावी मैदानमा उनी विश्नोईसँग पराजित भएकी थिइन् । पिटाई खाने व्यक्ति हिसार मार्केट कमिटीका सचिव हुन् ।

सोनाली खाद्यान्न बजार किसानका केही समस्या लिएर उनलाई भेट्न गएकी थिइन् ।

 भिडियोमा देखिएअनुसार उनको ती अधिकारीसँग बहस भयो त्यसपछि उनी अधिकारीलाई चप्पलले कुट्न थाल्छिन् ।

अधिकारीले आफूले अह्राएजति सबै काम गरिरहेको भनेर नेतृलाई जानकारी दिएको पनि सुन्न सकिन्छ ।

भिडियोमा सोनालीले आफूमाथि दुर्व्यवहारपूर्ण तरिकाले बोलेको भन्दै रिस पोखेको पनि देख्न सकिन्छ ।

यहाँ रोचक कुरा के छ भने त्यहाँ एक प्रहरी अधिकारी पनि उभिएको देख्न सकिन्छ जसले सोनालीलाई एकपटक पनि रोक्न कोसिस गर्दैनन् ।

कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले यो भिडियो ट्वीट गर्दै मनोहर लाल खट्टर सरकारमाथि आरोप लगाएका छन् ।

उनले प्रश्न सोधेका छन्, ‘के हरियाणाका कर्मचारी बिजेपी नेतामार्फत् अपमानित हुन र थप्पड–चप्पल खानका लागि हुन् ? के हरियाणाका कर्मचारी भाजपाका नोकर हुन् ? के कर्मचारी जनावर हुन् ? कारवाही कहिले गर्नेछौ ?’

सोनाली फोगाट विधानसभा चुनावका बेला पनि चर्चामा आएकी थिइन् । उनको चुनावी प्रचारको क्रममा थुप्रै चर्चा विवादमा तानिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप