बझाङमा थप ६ जनामा कोरोना संक्रमण
बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमित संख्या ७ पुगेको छ ।
संक्रमित हुनेहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षीया महिला रहेका छन् । उनीहरुमध्ये ५ जना भारतको दिल्लीबाट एक साता फर्किएका र एक जना दुई साताअघि काठमाडौंबाट आएको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डा. मिलन खड्काले जानकारी दिए ।
२ दिन अघि उनीहरुसँगै रहेका २० जनाको नमुना स्वाब संकलन गरिएको थियो । नमुना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितहरुलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिने भएको छ ।
खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाका अनुसार हाल खप्तडछान्ना गाउँपालिकाका ३५० जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते