शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

शनिबार, २४ जेठ २०७७, ०७ : १४
शनिबार, २४ जेठ २०७७

काठमाडौं – हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्नो अडानबाट टसमस नभएपछि विवाद सतहमै आउन थालेको हो ।

गत १० वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण गरी त्यसको भोलिपल्ट निर्वाचन आयोगलाई जानकारी दिइएको थियो । निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको शनिबार ४५ दिन पुग्दै छ तर पनि हालसम्म एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन । सीमा विवादलगायतका राष्ट्रिय मुद्दामा यो पार्टी मौन बस्दै आएको छ ।

शुक्रबार दुवै पार्टीका शीर्ष नेता छलफलमा बस्दै नेतृत्वको टुंगो लगाउने प्रयास गरे पनि सफल हुन सकेनन् । जसपा नेता महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका शीर्ष नेताहरुले नेतृत्वको टुंगो लगाउने प्रयास जारी राखे पनि उनीहरु असफल हुँदै आएका छन् ।

एकीकृत पार्टीको कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा ठाकुरलाई र संघीय परिषद्को अध्यक्षमा डा. भट्टराईलाई राख्ने भद्र सहमति भए पनि कार्यकारी अधिकारका अन्य नेताले भद्र सहमति तोड्दै भाजो हालिरहेको जसपाका एक नेताले बताए । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप