बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वी लद्दाखमा सीमा विवादः चीन र भारतबीच सहमति

शुक्रबार, २३ जेठ २०७७, २३ : ३८
शुक्रबार, २३ जेठ २०७७

एजेन्सी । भारत र चीनले फेरि एकपटक सीमाना देखिएको सैन्य तनावको समस्यालाई आपसी समझदारी र परामर्शबाट समाधान गर्ने सहमति गरेका छन् ।  पूर्वी लद्दाखको सीमामा देखिएको विवादको विषयलाई लिएर शुक्रबार भएको दुई देशका विदेश मन्त्रालयका अधिकारीहरुबीचको छलफलमा उक्त सहमति भएको हो । उक्त छलफलमा एक अर्काको भावना र सरोकारलाई ध्यानमा राखेर यस्तो विषयलाई ठूलो विवादमा परिणत गर्न नहुने मा दुवै देशका अधिकारीहरु सहमत भएका छन् ।

भारतीय परराष्ट्र मन्त्रालयका सहसचिव नविन श्रीवास्तव र चिनियाँ विदेश मन्त्रालयका महानिर्देशक ऊ जियनझाओबीच शुक्रबार भएको भर्चुअल बैठक लद्दाखमा देखिएको सीमा विवादमा केन्द्रीत भएको थियो । यो वार्ता दुई देशबीचका सैन्य अधिकारीहरुबीच वार्ता हुनुभन्दा एक दिन पहिले भएको हो । भारतीय विदेश मन्त्रालयले दिएको जानकारीअनुसार बैठकमा वर्तमान अवस्थाको गम्भीर समीक्षा गरिएको छ । 

शनिबार दुई देशका लेफ्टीनेन्ट जनरलस्तरीय वार्ता हुँदैछ । शुक्रबार भएको दुई पक्षीय वार्ताले समस्या समाधानका लागि कुटनीतिक पहलको सुरुवात गरेको छ र उक्त बैठकले आफ्ना सैनिक अधिकारीहरुलाई अवस्था नियन्त्रण गरेर जानुपर्ने स्पष्ट निर्देशन दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप