शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

शुक्रबार, २३ जेठ २०७७, २२ : ३६
शुक्रबार, २३ जेठ २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट मृत्यु हुनेको  संख्या ४० हजार नाघेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप ३ सय ५७ जनाको कोरोना भाइरसका कारण निधन भएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४० हजार २ सय ६१ पुगेको छ ।

यसैगरी  २४ घन्टामा थप १ हजार ६ सय ५० जानामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । विश्वभरिमा ४० हजार भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पछि बेलायत दोस्रोमा पर्दछ । बेलायत युरोपकै बढी संक्रमित मुलुकमा पर्दछ ।

यसैगरी बेलायतमा कोरोनाबाट मृत्यु  नेपालीहरुको कुल संख्या ६७ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । प्रवक्ता शरदराज आरनका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमध्ये ५६ जना पुरुष र ११ महिला छन् । उनीहरुमध्ये भूपू गोर्खा र उनीहरुका परिवारका सदस्यको संख्या ५६ जना छ । दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संघसंस्था र स्थानीय काउन्सिलहरुसंगको समन्वयमा तथ्याँक संकलन गरेको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप