बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भाइले नकारे दाउद इब्राहिमलाई कोरोना भएको खबर

शुक्रबार, २३ जेठ २०७७, २१ : ४७
शुक्रबार, २३ जेठ २०७७

अन्डरवल्र्ड डन दाऊद इब्राहिमका भाइ अनिस इब्राहिमले आफ्ना दाजुलाई कोरोना नभएको बताएका छन् । यसअघि भारतीय इन्टेलिजेन्सी एजेन्सीहरुको हवाला दिँदै केही मिडियामा दाऊद र उनकी पत्नीमा कोरोना पोजेटिभ देखिएको समाचार बाहिर आएको थियो । 

यी रिपोर्टमा दुबैजना कराँचीस्थित आर्मी अस्पतालमा भर्ना भएको दाबी पनि गरिएको थियो । त्यस्तै, दाऊदका व्यक्तिगत सुरक्षाकर्मी र अन्य सहयोगीलाई पनि क्वारेन्टाइनमा राखिएको दाबी यी समाचारमा गरिएको थियो । 

भाइले खण्डन गरे खबर 
दाऊका भाइ अनिस इब्राहिमले कोरोनाको महामारी भयानक भएपनि आफ्ना दाजु–भाउजु अहिलेसम्म यसबाट सुरक्षित रहेको बताएका छन् । अनिसका अनुसार दाऊदको डि कम्पनीले पाकिस्तान र दुबईमा आफ्नो व्यापार चलाइरहेको छ । अनिसका अनुसार पाकिस्तानका ठूला निर्माण प्राजेक्ट, युएईका विलासी होटल र ट्रान्सपोर्ट विजनेशमा यस कम्पनीको लगानी छ । 

सीममा तस्करी गरेको आरोप 
यसअघि भारत सरकारले विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीलाई पठाएको पत्रमा पनि डि कम्पनीले कराची विमानस्थलदेखि अफगानिस्तानसम्म ठूलो ट्रान्सपोर्ट विजनेश चलाइरहेको उल्लेख थियो । यसबाहेक यस कम्पनीले ट्रक ड्राइभरलाई पनि नियुक्त गर्ने गरेको छ । यसैमार्फत कम्पनीले अफगानिस्तान–पाकिस्तान सीमामा हिरोइको तस्करी गर्ने गरेको भारतको आरोप छ । 

पाकिस्तानको जासूसी एजेन्सी आईएसआईको समर्थनमा दाऊद इब्राहिम कराचीमा बसिरहेको भारतको आरोप छ । दाऊदमाथि १९९३ को मुम्बई बम हमलासहित धेरै आपराधिक अभियोग छ । दाऊद १९९४ देखि पाकिस्तानमा बसेको भारतीय मिडियाहरुले जनाएका छन् । यद्यपी, पाकिस्तानले दाऊद परिवार आफ्नो देशमा बसेको कुरा स्विकार्नबाट इन्कार गरेको छ । 

दाऊदकी छोरी महरुखको विवाह पाकिस्तानका पूर्व स्टार क्रिकेटर जावेद मियांदादका छोरासँग भएको थियो । डि–कम्पनीका सार्प सुटर र सट्टेवाजी सिन्डिकेट छोटा सकिल पनि कराचीमै बस्छन् । दाऊदका भाई अनिससँग जोडिएर उनी १९९० मा सञ्जय दत्तलाई हतियार भएपछि चर्चामा आए । छोटा सकिलमाथि बलिउड फिल्ममा लगानी गर्ने र क्रिकेटमा सट्टाबाजी सिन्डिकेट चलाउने गरेको पनि आरोप छ । 

दैनिक भास्कर
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप