रोनाल्डो बने विश्वकै पहिलो बिलेनियर फुटबलर, यस्तो छ कमाइ
फुटबल दुनियाँमा चर्चित नाम हो, क्रिष्ट्रियानो रोनाल्डो । उनै रोनाल्डो एक बिलियनभन्दा बढी कमाइ गर्ने पहिलो फुटबलर बनेका छन् ।
विजनेस म्यागजिन फोब्र्सको सूचीमा ३५ वर्षीय रोनाल्डो २०२० मा सर्वाधिक आम्दानी गर्ने सेलिब्रेटीमध्ये चौथो नम्बरमा छन् । उनीभन्दा अगाडि अमेरिकी मोडल तथा विजनेस पर्सन्यालिटी केली जेन्नर, अमेरिकी ¥यापर कान्य वेस्ट र स्विस टेनिस स्टार रोजर फेडेरर छन् ।
गत वर्ष उनले कर कटौती नगरी १ सय ५ मिलियन आम्दानी गरेको विश्लेषकहरुको अनुमान छ । यससँगै उनको करियरको कुल कमाई १ बिलियन पुगेको हो ।
सक्रिय खेलाडी जीवनमै १ बिलियन कमाउने उनी केवल तेस्रो व्यक्ति हुन् । यसअघि टाइगर उड्स र फ्लोइड मेइवेदरले पनि खेल जीवनकै क्रममा आफ्नो कुल कमाई १ बिलियन पु¥याएका थिए ।
यस सूचीअनुसार मेसीले पनि यस वर्ष १ सय ४ मिलियन अमेरिकी डलर कमाएका छन् ।
२००८ देखि २०१८ सम्म १० वर्ष निरन्तर बेलोन डि अरको अवार्ड यी दुई खेलाडीले मात्रै जितेका थिए । तत्कालीन समय मेसीको बार्सिलोनाले ७ पटक ला–लिगा उपाधि जित्यो भने रोनाल्डोको म्याड्रिडले चारपटक च्याम्पियन्स लिग जित्यो ।
रोनाल्डोले फुटबल मैदानबाहिर पनि आफ्नो ख्यातिलाई फैलाएका छन् । उनको नाममा सिआर ७ लाइभस्टायल ब्रान्ड र होटल चेन र पोर्चुगलस्थित गृहनगर माडेइरामा संग्रहालय पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा