बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च अदालत पाटनले थप सेवा शुरु गर्ने

शुक्रबार, २३ जेठ २०७७, २० : २५
शुक्रबार, २३ जेठ २०७७

ललितपुर । कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा शुरु गर्ने भएको छ ।

अदालतले सोमबारदेखि  मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र बन्दाबन्दीमा मुद्दा फैसला हुन नसकी अभियागपत्रमा दाबी लिएको सजायभन्दा बढी कैद थुनामा बसेकाको हकमा मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको अदालतमा उपरजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए । 
      
यसअघि, अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदनसहित अतिरिक्त म्याद थप, अभियोगपत्र दर्ता, बयान, थुनछेक आदेश, सरकारले दर्ता गर्ने पुनरावेदनलगायतका काम गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमणको अवस्था भएकाले कानून व्यवसायी, सेवाग्राहीको उपस्थितिलाई व्यवस्थित गराउने अदालतको व्यवस्थापकीय पक्षसमेतलाई ध्यानमा राखी बन्दाबन्दीमा भन्दाबाहेकका अन्य मुद्दा सुनुवाइ गर्ने भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप