बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनलाइन मिटिङ गर्दैहुनु हुन्छ ? भ्वाइस कलको वा अन्य शुल्क लाग्ला है

शुक्रबार, २३ जेठ २०७७, १९ : ५६
शुक्रबार, २३ जेठ २०७७

कोरोनाभाइरस रोग (कोभिड–१९) को विश्वव्यापी प्रभावले गर्दा अहिले मानिसहरुले धेरै कुरा इन्टरनेटको माध्यमबाट अनलाइनमार्फत नै गर्ने प्रचलन बढेको छ । त्यसै मध्येको एक हो विभिन्न एप्सका माध्यमबाट अनलाइन मिटिङ र कन्फरेन्सिङ ।

आजकाल बन्दाबन्दीको बेलामा आफ्नो कार्यालयको कार्यका लागि अनलाइन मिटिङ, देश विदेशमा रहेका आफ्ना साभीभाइ, परिवारका सदस्य, आफन्तसँग समूहमा भिडियो कल गर्नहोस् वा विद्यालय र क्याम्पसका विद्यार्थीहरुलाई अनलाइन कक्षा, अनलाइन मिटिङ र भिडियो कम्फरेन्सको प्रयोग व्यापक रुपमा बढेको छ ।

अनलाइन मिटिङका लागि थुप्रै एप्स तथा प्लेटफर्महरु इन्टरनेटमा उपलब्ध रहेका छन् । प्रायजसो प्लेटफर्महरुबाट इन्टरनेटको प्रयोग गरी इन्टरनेट बाहेक अन्य शुल्क बिना मिटिङ वा कम्फ्रेन्सहरु गर्न सकिन्छ । यद्यपि कुनै कुनै प्रिमियम एप्स वा सफ्टवेयरबाट अनलाइन मिटिङ गर्दा अतिरिक्त शुल्क पनि लाग्ने हुनसक्छ ।

आफ्नो मिटिङ् वा कुराकानीका लागि अनलाइन कन्फ्रेन्सिङ प्लेटफर्म प्रयोग गर्नु अघि सम्बन्धित एप्स वा प्लेटफर्मका शर्तहरु राम्ररी हेर्नु पर्दछ । मिटिङका लागि अन्तर्राष्ट्रिय नम्बरहरुमा डायल गर्दा वा सम्बन्धित सेवा प्रदायकको ग्राहक सेवा केन्द्रका अन्तर्राष्ट्रिय नम्बरहरुमा डायल गर्दा भ्वाइस कलको शुल्क वा अन्य शुल्क लाग्न सक्छ ।

हालै भारतको दूरसञ्चार क्षेत्रको नियामक निकाय टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डिया (टीआरएआई) ले पनि अप्रत्यासित रुपमा ग्राहकको भ्वाइस सेवाको बिल उठ्न सक्ने सम्भावना रहेको भन्दै अनलाइन मिटिङ प्लेटफर्महरु प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने बताएको थियो । उसका अनुसार यस्ता प्लेटफर्महरुमा ग्राहकले जानि नजानि अन्तर्राष्ट्रिय नम्बरहरुमा कल गर्दा भ्वाइस कलको शुल्क लागेको गुनासोहरु ग्राहकहरुले राखेका छन् ।

नेपालमा पनि विभिन्न प्रयोजनका लागि यस्ता अनलाइन मिटिङ प्लेटफर्महरु प्रयोग बढिरहेको हालको अवस्थामा मोबाइलका ग्राहक तथा प्रयोगकर्ताहरुले आफुले प्रयोग गरेको त्यस्ता प्लेटफर्मसँग सम्बन्धित नम्बरहरु तथा हेल्पलाइनमा कल गर्दा के कस्तो शुल्क लाग्छ भनेर बुझ्न आवश्यक हुन्छ । अन्यथा प्रिपेड ग्राहकका हकमा मोबाइलबाट ठूलो ब्यालेन्स घट्न सक्ने र पोष्टपेडका हकमा बढि बिल आउन सक्ने जोखिम रहन्छ ।

टेलिकम कम्पनी एनसेलले पनि अहिले बढिरेहको अनलाइन मिटिङ गर्ने प्रचलनका बेलामा आफ्ना ग्राहकहरुलाई सजग रहन भनेको छ । कम्पनीले आफ्ना ग्राहकलाई आफ्नो फेसबुक पेजबाट यस सम्बन्धमा सजग रहन जानकारी दिदै यस्ता प्लेटफर्म प्रयोग गर्दा शर्तहरु राम्ररी हेर्न सुझाएको छ । 

यस्ता अनलाइन मिटिङ प्लेटफर्म तथा सेवा प्रदायक कम्पनीहरुको सम्बन्धित कार्यfलय र ग्राहक सेवा केन्द्रहरु विदेशमा नै रहने हुनाले उनीहरुको नम्बर प्रिमियम वा अन्तर्राष्ट्रिय हुन्छन् । पक्कै पनि त्यस्ता नम्बरहरुमा जानकारीका लागि जानी वा नजानी कल गर्दा प्रिमियम नम्बरमा कल गर्दा लाग्ने उच्च शुल्क वा अन्तर्राष्ट्रिय कलको शुल्क लाग्न सक्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप