अमेरिकामा आन्दोलन चर्किरहेका बेला न्यूयोर्क प्रहरीको फेरि अर्को ज्यादती
न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुव्र्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ ।
डब्लुएफबीओले सार्वजनिक गरेको फुटेजमा न्यूयोर्कको बुफेलो प्रहरीका अधिकृतले ७५ वर्षीय एक वृद्ध व्यक्तिलाई नियागारा स्क्वाएरमा छातीमा धकेलेर भुइँमा लडाएको देखिएको छ । ती वृद्ध व्यक्ति सडकमा उत्तानो पर्छन्, टाउको भुइँमा बजारिन्छ र कान तथा टाउकाको पछाडिबाट रगत बगेको फुटेको देखिएको छ ।
तर नियागारा स्क्वाएरमा भेला भएका प्रदर्शनकारीलाई पन्छाउनेक्रममा सहभागी प्रहरीको समूह उनलाई बेवास्ता गर्दै अगाडि बढेको देखिन्छ । यो भिडियो सार्वजनिक भएसँगै प्रहरीको व्यवहारलाई लिएर चौतर्फी आलोचना हुन थालेको छ । बुफेलो प्रहरीले भने एक व्यक्ति ठेस लागेर भुइँमा लडेको भनाई सार्वजनिक गरेको छ ।
प्रहरीले उक्त घटनाको छानबिन थालिसकेको जनाएको छ । प्रहरी आयुक्तले उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको बताएका छन् ।
पश्चिम न्यूयोर्कका मेयरले वृद्ध व्यक्तिमाथि भएको व्यवहारबाट आफू अत्यन्त दुःखित भएको प्रतिक्रिया दिएका छन् । न्यूयोर्कको एक अस्पतालमा उपचार गराइरहेका ती वृद्ध व्यक्तिको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताइएको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले वृद्ध व्यक्तिमाथि दुव्र्यवहार गर्ने प्रहरी अधिकारीको निलम्बनलाई स्वीकृत गरेका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी