बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोजपुरका कोराना संक्रमितलाई शनिबार उपचारका लागि धरान लगिने

शुक्रबार, २३ जेठ २०७७, १८ : ५२
शुक्रबार, २३ जेठ २०७७

भोजपुर । भारतबाट आएका ५ जनालाई कोरोना पुष्टि भएपछि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने भएको छ ।
होल्डिङ एरिया अरुण गाउँपालिकाको जरायोटारमा रहेका षडानन्द नगरपालिका ८ र १२  वडाका १७, १९, २९, ३० र ३२ वर्षका  ५ जनालाई कोरोना देखिएपछि भोलि शनिबार धरान पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । 
 प्रमुख जिल्ला अधिकारी पुरीले भने, ‘धरानसम्म लैजानका लागि जिल्लामा रहेका एम्बुलेन्स खोज्यौ, आज पठाउन सक्ने अवस्था भएन भोलिहामी पठाउँछौ ।’ 
उनीहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाका हँुदै सिधै होल्डीङ्ग एरिया जरायोटार ल्याइएको थियो । संखुवासभाका २ जनामा कोरोना पुष्टि भएकाहरुसँगै आएका उनीहरुको १८ गते स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
यसअघि, भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसगै भोजपुरमा संक्रमितको संख्या ६ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप