बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयले कोरोनाको ‘नेगेटिभ’ रिपोर्ट आएकालाई पनि ‘पोजेटिभ’ भनेपछि...

शुक्रबार, २३ जेठ २०७७, १८ : ३५
शुक्रबार, २३ जेठ २०७७

रौतहट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएकालाई पनि पोजेटिभ भएको बताएपछि तनाव सिर्जना भएको छ । 

मन्त्रालयले शुक्रवार रौतहटका थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा जानकारी गराएको थियो । 

मन्त्रालयले रौतहटको ईशनाथ नगरपालिकाको विभिन्न वडामा ५ जना र गुजरा नगरपालिकामा एकजना गरी शुक्रवार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएको थियो । 

तर रौतहटस्थित जिल्ला अस्पतालले स्वास्थ मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरण गलत भएको जनाएको छ । 

जिल्ला अस्पताल गौरका प्रमुख महेश साहले रौतहटमा थप ५ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको बताए । इशनाथका ५ जनामात्र संक्रमण पुष्टि भएको र गुजरा नगरपालिकाका संक्रमित भनिएका व्यक्तिको रिपोर्ट नेगेटिभ रहेको उनको भनाइ छ । 

उनले पीसीआर नेगेटिभ भएका व्यक्तिको भुलबस स्वास्थ मन्त्रालयले पोजिटिभ भनेर सार्वजनिक गरेको प्रमुख साहले बताए । 

शुक्रबार थप ५ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा संक्रमितको कुल संख्या ३९२ पुुगेको छ  ।

विवरणअनुसार अनुसार रौतहटमा सबैभन्दा बढी संक्रमित इशनाथमा रहेका छन् । 

नगर स्वास्थ संयोजक ईशराजुल खानका अनुसार नगरक्षेत्रमा कोरोना भाइरस संक्रमितको संस्था १०७ पुुगेको छ ।

हालसम्म रौतहटको १८ वटै स्थानीय तहमा कोरोना भाइरस संक्रमण फैलिसकेको छ । 

यस्तै हालसम्म जिल्लाका तीनजना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप