बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई वर्षदेखि गायब छन् संजय दत्तसँग काम गरिसकेका यी हिरो, प्रेमिकासँग निस्किएका कहिले फर्केनन्

बुधबार, २१ भदौ २०७४, १५ : ४३
बुधबार, २१ भदौ २०७४

फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ का हरेक पात्र यति रमाइला थिए कि वर्षौंपछि पनि दर्शकले उनीहरुलाई बिर्सन सकेका छैनन् । यिनैमध्ये एक भूमिका विशाल ठक्करको थियो जो युवतीका लागि आत्महत्या गर्न निस्किएका थिए । त्यसपछि मुन्नाको ‘जादूकी झप्पी’ ले उनलाई ठिक गरिदिन्छ ।

यहि विशाल ठक्कर पछिल्लो २० महिनादेखि हराइरहेका छन् जसको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । विशालले ‘मुन्ना भाइ’ का साथै ‘चाँदनी बार’ र थुप्रै  टेलिभिजन च्यानलमा पनि काम गरेका थिए । डिसेम्बर ३१ को साँझ विशाल आफ्नी प्रेमिकासँग फिल्म हेर्न निस्किएका थिए ।

त्यसपछि उनी कहिले पनि घर फर्किएनन् । विशालको परिवारले पुलिसमा ऊजुरी दर्ता गरे तर उनीबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । एक वेबसाइटले विशालकी आमा दुर्गा ठक्करसँग कुराकानी गर्दा उनले भनिन्, ‘हरेक विहान म यो सोचेर उठ्छु कि मेरो छोरा घर फिर्ता आउँछ वा मलाई फोन गर्छ । पुलिसले छोराको खोजी गर्न सकेको छैन तर मेरो आशा अझै पनि टुटेको छैन । ’

विशाल गायब हुनु दुई महिना अघि एक मोडलले विशालमाथि बलात्कार र धोकाको आरोप लगाएकी थिइन् । मोडलका अनुसार विशालले उनलाई विवाह गर्ने बचन गरेका थिए तर पछि उनले धोका दिए । यता विशालकी आमाले यी आरोपलाई झुटो बताएकी थिइन् ।

विशालकी आमाले भनिन्, ‘मेरो छोरा आफ्नी प्रेमिकालाई मात्र माया गर्दथ्यो र उनीसँगै विवाह गर्न चाहन्थ्यो । पछि मेरो छोरालाई उनकी प्रेमिकाले धोका दिइरहेको थाहा भयो । यस्तो थाहा भएपछि ती युवतीले विशाललाई तर्साउन थालिन् र आफूलाई सही साबित गर्न थालिन् । उनैले मेरो छोराविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।’

उक्त आरोपपछि विशालको करियरमा पनि प्रभाव पर्यो । उनले काम पाउन छाडे जसका कारण उनी डिप्रेशनमा परे । उनी शान्त हुन थालेका थिए । पूरा परिवारले उनलाई डिप्रेशनबाट निकाल्ने कोसिस गरिरहे । त्यसपछि उनी अचानक हराए ।

विशाल सन् २०१६ को जनवरी १ तारिखदेखि गायब छन् । थुप्रै फिल्ममा स–सानो भूमिका निर्वाह गर्ने उनी स्टार बन्न चाहन्थे । तर एक बलात्कारको आरोपले उनको जीवन बर्बाद गर्यो । विशालले ‘तारक मेहताका उल्टा चश्मा’ मा पनि काम गरेका थिए भने अन्तिम पटक सिरियल ‘थपकी प्यारकी’ मा देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप