शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनबीच रुपन्देहीको तिलोत्तमामा नगरसभा सुरु

शुक्रबार, २३ जेठ २०७७, १७ : ०४
शुक्रबार, २३ जेठ २०७७

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको आजबाट सुरु भएको ७ औं नगरसभामा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आजबाट नगरसभा गर्ने भएपछि हिजो नगरपालिका कार्यसमिति सदस्य तथा कर्मचारीहर आरडिटी परिक्षण गरिएको थियो । जसमा दुईजना नगर सदस्यहरुको पोजेटिभ देखीएको छ । उनीहरुको पिसिआर परिक्षण हुँदैछ । प्रस्तुत नीति तथा कार्यक्रममाथि दफाबार छलफलको लागि नगरसभाको दोस्रो बैठक आइतबार बोलाइएको छ ।

कोभिड-१९ ले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्ने विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगर प्रमुख घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप