मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धरौटीमा रिहा भए भीआईपी जुवाडे

शुक्रबार, २३ जेठ २०७७, १७ : ००
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं ।  लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भीआइपी जुवाडे धरौटीमा छुटेका छन् । 

काठमाडौंका प्रमुख  जिल्ला अधिकारी जनकराज दाहालले १ जनालाई ४० हजार र अन्यलाई जनही ३० हजार धरौटीमा छाड्ने आदेश दिएकोमा उनीहरु सो धरौटी बुझाएर शुक्रबार रिहा भएको महानगरीय प्रहरी बृत्त दरबारमार्गका इन्सपेक्टर प्रदीप सुवेदीले जानकारी दिए । ४० हजार धरौती बुझाउनेमा व्यापसायी अशोककुमार अग्रवाल रहेको बताइएको छ । 

रिहा हुनेमा अग्रवालसहित नन्द किशोर शर्मा, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा, सुरेश अग्रवाल र होटलका सञ्चालक भारतका मिक्की जोगाइ रहेका छन्।

गत सोमबार राति पक्रउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थियो । 

अनुसन्धान सकेर आज फेरि सिडीओ कार्यालयमा उपस्थित गराइएकोमा उनीहरुलाई धरौटीमा छाड्ने आदेश भएको हो । 

सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा ती ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको थियो । 

कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरू दुई लाख ७७ हजार सात सय २० रूपैयाँ सहित पक्राउ परेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप