कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित थपिए, कूल संख्या ४८९ पुग्यो
शुक्रबार, २३ जेठ २०७७, १५ : ५८
काठमाडौँ । कर्णाली प्रदेशमा कोभिड–१९ का पुष्टि भएका संक्रमितहरुको संख्या ४८९ पुगेको छ । शुक्रबार थप एक सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोटका निवासीहरु रहेका छन् ।
यसमध्ये, सुर्खेतको पञ्चपुरी निवासी १८ वर्षीय पुरुषको मृत्यु भइसकेको छ । प्रदेशमा ज्यान गुमाउने उनी दोस्रो संक्रमित हुन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।