बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना बीमालेख पुनः सुचारु, एक रातमै मोडालिटी बन्यो

शुक्रबार, २३ जेठ २०७७, १५ : ४१
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं । कोरोना बीमालेख पुनः सुरु भएको छ । बीमा समितिले बिहीबार सबै बीमा कम्पनीलाई तत्कालको लागि बीमालेख बिक्री स्थगन गर्न दिएको निर्देशनको भोलिपल्टै सूचना जारी गरी बीमालेख पुनः सूचारु भएको जनाएको हो ।  कोरोना बीमामा जोखिम बढेको अवस्थामा बीमा कम्पनीहरुले जोखिम धान्ने अवस्था नभएको भन्दै बीमक संघको आग्रहमा समितिले यो बीमा स्थगित गरेको थियो । नयाँ मोडालिटी बनाएर बीमालेख पुनः सुचारु गर्ने समितिले बिहीबार बताएको थियो । तर शुक्रबार नै बीमालेख पुनः सुचारु गरिएको हो । 

बीमा समितिका अध्यक्ष चिरञ्जिीबी चापागाइँले नयाँ मोडालिटी बनाउन स्थगित गरिएको बीमालेख मोडालिटी बनेपछि सुचारु गरिउको स्पष्ठ पारे । उनले रातभर बसेर बीमा पोलिसीमा कसले कति जोखिम बहन गर्ने भन्ने तय गरेर बिहानदेखि पुन पोलिसी बिक्री सुचारु गरिएको दाबी गरे । 

अध्यक्ष चापागाइँका अनुसार अब ३५ हजार जनसम्मको बीमा जोखिम बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिको स्रोतबाट व्यहोरिनेछ । त्यसभन्दा धेरै मागदाबी आएका त्यसमा नेपाल सरकारले सहयोग गर्नेछ ।  जसअन्तर्गत बीमा कम्पनीहरुले संकलन गरेको कुल प्रिमियम रहकसहित १ अर्ब रुपैंया बराबरको जोखिम व्यहोर्नेछन् । नेपाल पुनर्बीमा कम्पनीले थप १ अर्बको जोखिम व्यहोर्नेछ । यसो गर्दा २० हजार जनाको मागदाबी भुक्तानी गर्न सकिन्छ । 

त्यसबाहेक विभिन्न बीमा कम्पनीहरुको महाविपत्ति कोषमा कोषमा अहिले ५० करोड रुपैंया बराबरको रकम जम्मा भएको छ । यसले थप ५ हजारको बमिा प्रिमियम धान्न सक्छ  त्यसो हुँदा कुल २५ हजारलाई त्यस्तो जोखिमको भुक्तानी दिन पुग्ने अध्यक्ष चापागाइँले बताए । 

त्यसमा अपुग भए बीमा समितिले आफ्नो कोषबाट १ अर्ब रुपैंया व्यहोर्नेछ । यसले थप १० हजारको दाबी भुक्तानी दिन सकिने चापागाइँको भनाई छ । यो समेत ३५ हजार जनालाई भुक्तानी दिन सक्ने अवस्था बीमा क्षेत्र आफैंसँग रहेको उनले बताए । 

त्योभन्दा पनि धेरै मागदाबी भएको अवस्थामा सरकारले सहयोग गर्ने उनले बताए । यसका लागि सरकारले प्रतिवद्धता जनाएको समेत अध्यक्ष चापागाइँले दाबी गरे । त्यस्तो मोडालिटीपछि बीमालेख बिक्री सुचारु गर्ने आधार बनेको उनको भनाई थियो । 

उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममा राखिसेकको विषय भएकोले यो बन्द हुनै नसक्ने समेत बताए । ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममै राखेको विषय बन्द हुने भन्ने कुरा हुँदै हुँदैन, हामीले केही समयको लागि भनेर स्थगित गरेका थियौंं, एक रातमै त्यो मोडालिटी बन्यो, लगत्तै बीमालेख बिक्री सूचारु भयो’ चापागाइँले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप