शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उड्यो, यात्रुको कोरोना जाँच भएन

शुक्रबार, २३ जेठ २०७७, १५ : ३३
शुक्रबार, २३ जेठ २०७७

कोरोना भाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एकसय ५७ जना नेपाली नेपाल उडेका छन्।

एअर अरबियाको जी नाइन १७५१ मार्फत इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीका ७९ जना र अन्य ११ जना नेपालीसहित एकसय ५७ जना स्थानिय समय १२:०३ मा युएईको शारहजाबाट उडेको हो।

सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिएर एकपटक जहाजमा राखेर फेरि ओरालिएको थियो । त्यसपछि क्वारेन्टिनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो । सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने मापदण्ड भएपनि फर्कने नेपालीको सामान्य तापक्रम बाहेक कोरोना परीक्षण जाँच भएको छैन ।

यात्रुहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफै टिकट काटे भन्नेबारे कुनै जानकारी आएको छैन। साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ। युएईस्थित नेपाली दूतावासले प्राथमिकताको आधारमा नेपाल फर्काउने बताई रहदा २ ओटा कम्पनी मात्र कामदारहरु नेपाल फर्केका हुन्। यो विषयमा दूतावास आबुधावीमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

जहाजमा १५७ यात्रु र एक जनाको शव रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप