शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड परीक्षण निर्देशिकाले ठूलो संकट निम्त्याउने चेतावनी

राज्यका नीति भ्रमले निर्देशित हुनु सबैको लागि घातक
शुक्रबार, २३ जेठ २०७७, १३ : २८
शुक्रबार, २३ जेठ २०७७

संक्रामक रोगविद् डा. अनुप सुवेदीले ‘स्वास्थ्य मन्त्रालयले निकालेको कोभिड परीक्षण निर्देशिका अवैज्ञानिक रहेको र त्यसले ठूलो संकट निम्त्याउने’ चेतावनी दिएका छन् ।

आज उनले एक ट्वीट गर्दै उक्त चेतावनी दिएका हुन् ।

उनले औंल्याएअनुसार सो निर्देशिकामा तीनवटा मुख्य समस्याहरु रहेका छन् :

१. कोभिडका अरू जतिसुकै लक्षण भए पनि ज्वरो छैन भने पिसिआर गर्न पाइँदैन रे।

२. लक्षण नभएकालाई क्वारन्टिनमा वा अप्रेशन अघि पिसिआर जाँच नगर्ने पनि अवैज्ञानिक छ।

३. क्वारेन्टिनमा लक्षण नदेखिएको तर घर पुगेपछि मृत्यु भएका केस देखिइसके। समुदायमा फैलिने जोखिम त छँदैछ ।

नीति बनाउनेको मुख्य premise के देखिन्छ भने, १. नेपालमा वा काठमाडौंजस्ता ठाउँमा समुदायमा फैलिएकै छैन, २. लक्षण नहुनेले रोग सार्न सक्दैनन्, ३. ज्वरो छैन भने लक्षण मान्नु पर्दैन।

नीति बनाउनेको मुख्य निष्कर्ष नै १. नेपालमा वा काठमाडौंजस्ता ठाउँमा समुदायमा फैलिएकै छैन, २. लक्षण नहुनेले रोग सार्न सक्दैनन्, ३. ज्वरो छैन भने लक्षण मान्नु पर्दैन। भन्ने देखिएको पनि उनले उल्लेख गरेका छन् ।

‘आम मान्छेलाई भुलाउन वा मजस्तालाई त्यसै आतङ्क फैलाउने भनेर गाली गर्नसम्म यस्ता भ्रमको प्रचार ठिकै छ, तर जब राज्यका नीतिलाई यस्ता भ्रमले निर्देशित गर्छन्, त्यो सबैको लागि घातक हुन सक्छ’ भन्ने पनि उनले उल्लेख गरेका छन् ।

त्यसै गरी अर्को ट्वीटमा उनले ‘स्वास्थ्य मन्त्रालयले यदि साँच्चै कोभिड लागेको पुष्टी भएका बिरामी को मृत्यु भएमा यदि तिनलाई अरू पनि दीर्घरोग रहेछन् भने कोभिडको कारणले मृत्यु भएको नमानिने भनेर साँच्चै भनेको हो भने त्यो एकदम गलत हो है’ भनी उल्लेख गरेका छन् ।

सरकारले जारी गरेकाे निर्देशिका यस्तो छ:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप