कोरोना संक्रमणबाट थप एकको मृत्यु
शुक्रबार, २३ जेठ २०७७, ११ : ०२
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
बिहीबार बिहान २ः१५ मा सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको मृत्यु भएको थियो ।
उनको मृत्युपश्चात स्वाब संकलन गरी प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको र आज मृतक कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताएका छन् ।
बुधबार पखपुरी नगरपालिका–१ हाँसेगाउँ निवासी उक्त युवकलाई आरडिटी रिपोर्ट नेगेटिभ आएको र कोभिड–१९ सम्बन्धित लक्षणहरु नभएकाले होम क्वारेन्टिनमा पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा