कर छली गरेको आरोपमा कोस्टालाई ६ महिना जेल सजाय
एथ्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोस्टाले स्पेनिस अधिकारी समक्ष १० लाख युरो बराबर कर छली गरेको स्वीकार गरेका छन् । सन् २०१४ मा चेल्सीसँग अनुबन्ध हुँदा आर्जन गरेको ५० लाख युरोको खुलासा नगरेको कारण उनीमाथि कर छलीको आरोप लागेको थियो ।
कोस्टालाई बिहीबार ६ महिना कैद सजाय सुनाइएको छ । तर, स्पेनको कानुन अनुसार अहिंस्रक अपराधमा पहिलो पटक गल्ती गर्नेेले दुई वर्षभन्दा कम सजाय पाएमा जरिवाना तिरेर रिहा हुन सक्छन् ।
कोस्टाको मुद्दामा अब उनले १० लाख युरोको साथमा थप ५ लाख युरो तिरे जेलमा बस्नु पर्ने छैन । उनको इमेज राइटबारे पनि अनुसन्धान भइरहेको छ ।
सन् २०१४ को जुलाईमा कोस्टा एथ्लेटिको म्याड्रिड छाडेर चेल्सीसँग अनुबन्ध भएका थिए । उनलाई किन्न चेल्सीले ४ करोड डलर खर्च गरेको थियो । चेल्सीमा रहँदा कोस्टाले १२० खेलमा ५९ गोल गर्न सफल भएका थिए ।
उनी सन् २०१७ मा पुनः एथ्लेटिको फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान