बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा फेरि थपिए संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

शुक्रबार, २३ जेठ २०७७, ०८ : ४८
शुक्रबार, २३ जेठ २०७७

पोखरा – तनहुँमा कोरोना संक्रमित थपिएका छन् । तनहूँको ऋषिङ गाउँपालिकाका दुई पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यसअघि पनि तनहूँको ऋषिङ गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको थियो । ऋषिङ गाउँपालिका स्थित क्वारेन्टिनमा बसेका दुई जना ३९ र ४० वर्ष उमेरका पुरुषलाई संक्रमणको पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ  । 

संक्रमित दुवै जनालाई जिल्लास्थित सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा ल्याउने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहूँमा दुई संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप