शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेल्सीले वेर्नरलाई अनुबन्ध गर्ने

शुक्रबार, २३ जेठ २०७७, ०८ : ४२
शुक्रबार, २३ जेठ २०७७

चेल्सीले आरबी लेइपजीगका स्ट्राइकर टिमो वेर्नरलाई अनुबन्ध गर्नका लागि संवाद सुरु गरेको छ ।

२४ वर्षीय जर्मन खेलाडीको नाम यसअघि अर्को प्रिमियर लिग क्लब लिभरपुलसँग जोडिएको थियो र उनले यसप्रति ‘गर्वान्वित’ रहेको बताएका थिए । तर, अहिले लिभरपुल वेर्नरलाई अनुबन्ध गर्न अनिच्छुक देखिएको बीबीसीले जनाएको छ ।

वेर्नरले यो सिजन लिगमा २५ गोल गरेका छन् । उनको रिलिज क्लज ५.४ करोड पाउन्ड रहेको छ ।

सन् २०१६ मा घरेलु क्लब स्टुटगार्डमा लेइपजिग आएयता वेर्नरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हालै मात्र उनले माइन्जबिरुद्ध ५–० को जित निकाल्दा ह्याट्रिक गरेका थिए ।

गत महिनामात्र फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले क्लबसँगको करार एक वर्षले थप गरेका थिए ।

वेर्नरले जर्मनीका लागि २९ खेलमा ११ गोल गरेका छन् । यदी चेल्सीले वेर्नरलाई अनुबन्ध गरे अर्को सिजन उनी क्लबका लागि दोस्रो अनुबन्ध हुनेछन् । चेल्सीले गत फेब्रअुरीमा नै आयाक्सका विंगर हाकिम जियेचलाई ३.७ करोड पाउन्डमा अनुबन्ध गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप