मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुको प्रतिक्रियाः नीति तथा कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुनेमा आशंका

बिहीबार, २२ जेठ २०७७, २२ : ५५
बिहीबार, २२ जेठ २०७७

कैलाली  । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रम राम्रो भएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन । प्रदेश सभाको छैठौं अधिवेशनको ९ औं बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरुले सरकारको नीति तथा कार्यक्रम लोकप्रिय हुने तर, व्यवहारिक रुपमा कार्यान्वयन नहुने गरेको गुनासो गरे ।

बैठकमा भाग लिदै प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य भरतबहादुर खडकाले नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिल्ने गरेको बताए । उनले भने–‘नीति तथा कार्यक्रम जसरी आउ“छ त्यस अनुसारको बजेट आउ“दैन । योजना भनेको कुरा व्यवस्थित हुनुपर्छ नत्र समस्या आउछ ।’

उनले नीति तथा कार्यक्रमले धेरै कुरा समेट्न खोजेको बताउ“दै ‘नीति तथा कार्यक्रम हेर्दा संघीय बजेट समावेश गर्दा पनि पुग्दैन ।’ उनले गरिवी न्यूनिकरण, प्राकृतिक स्रोत साधन, कृषि, स्वास्थ्यको पहु“च पुर्याउने मुल नीतिनै उल्लेख नभएको बताए ।
उनले पश्चिम सेती परियोजनालाई अघि बढाउन सदनबाटै संकल्प प्रस्ताव आउनुपर्ने बताए । उनले भने –‘पश्चिम सेती बनाउनुपर्छ भन्दा भन्दा मेरो दारी फूली सके तर, अहिलेसम्म काम अघि बढेको छैन । सेती परियोजना बनाउनेमा सदनबाट संकल्प प्रस्ताव पास गरौ । संघीय सरकार र प्रदेश सरकारको लगानीमा बनाऔं ।’ उनले दुवै सरकारको लगानी भए दुई–तिन वर्षमै बनाउन सकिने बताउ“दै –‘सेती परियोजना बनेपछि त्यहा“बाट उठेको रोयल्टीबाट अन्य परियोजना बनाउन सक्छौं ।’ 

प्रतिपक्षी दल नेपाली काँग्रेसका टेकबहादुर रैकाले संघसंस्थाले डलर हालेर बनाएको कार्यक्रमजस्तै नीति तथा कार्यक्रम रहेको बताए । उनले भने –‘संघ संस्थाको प्रतिवेदनजस्तै बनेको यो (नीति तथा कार्यक्रम) लाई सरकार आफैले लागु गर्न सक्छ की सक्दैन ?’ उनले योजनाविहिन, नाराका साथ नीति तथा कार्यक्रम आएको बताए । 

प्रदेशसभा सदस्य डिल्लीराज पन्तले नीति तथा कार्यक्रममा धेरै नारा समेटिएको बताए । उनले सरकारको तिन वर्षको प्रगतिको समिक्षा गर्न अलग्गै समय मिलाउनुपर्ने माग गरे । उनले भने–‘सरकारको प्रगतिको अलग्गै समिक्षा हुनुपर्छ । नीति तथा कार्यक्रममा नल्याउ । हामीले सोध्नुपर्ने सरकारले जवाफ दिने गरि सरकारको कार्यक्रमको समिक्षा हुनुपर्छ ।’ सुदूरपश्चिम प्रदेश सभाकी दिव्यश्वरी शाहले विगतका बजेट, नीति तथा कार्यक्रम पनि रामै्र भएको तर, कार्यान्वयनका पक्षमा भने कमजोर भएको बताइन । उनले गत विगतका राम्रा कार्यक्रमलाई अहिले छुट्याइएको बताइन ।

का“ग्रेसकी प्रदेशसभा सदस्य अम्बिकाकुमारी थापाले विगतका कार्यक्रम त लागू गर्न नसकेको सरकारले अहिलेका नीति तथा कार्यक्रम पनि लागू गर्नेमा आशंका व्यक्त गरिन् । उनले प्रदेशको राजधानी तोकिएको तीन वर्ष पुग्नै लाग्दा पनि त्यस क्षेत्रमा एक पनि इट्टा थप्न नसकेको बताइन् ।

सत्तापक्ष नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य विरमान चौधरीले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक संरचना निर्माण गर्नुपर्ने बताए । उनले भने –‘प्रदेशको आफनो संरचना जबसम्म भएन प्रदेश सरकारको अस्तित्व हराउछ । एउटै मन्त्रालयको मात्र आफनो संरचना बनाएको मैले भेटाए ।’

उनले प्रदेशका जनतालाई स्वरोजगार बनाउन, कृषिमा आत्मनिर्भर बनाउन पनि मन्त्रालयका संरचना आवश्यक रहने बताए । ‘सिमान्तकृत, अल्पसंख्यक लोपन्मुख समुदायलाई तालिम र क्षमता अभिमुखिकरणले मात्रै हु“दैन विशेष कार्यक्रम ल्यायोस’ उनले भने ।

सत्तापक्षका प्रदेश सभा सदस्य पूर्णा जोशीले नीति तथा कार्यक्रम विगतका वर्षभन्दा परिपक्व, परिस्कृत भएर आएको बताइन ।  प्रदेशसभा सदस्य महेशदत्त जोशीले पनि नीति तथा कार्यक्रम लागु नगरिएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने –‘विगतका नीति तथा कार्यक्रम पूर्ण रुपमा लागु भए भन्ने हामीले निरधक भएर भन्न सक्ने अवस्था भएन । तर, गर्छु भनेका कामहरु, महत्वका भनिएका कार्यक्रमहरु पनि कार्यान्वयन किन हुन सकेन त्यसको जवाफ सरकारले यो सदनलाई जानकारी गराउनुपर्छ ।’

सत्तापक्षकी प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले एउटै डल्लोमा सबै वर्गलाई राखेर नीति तथा कार्यक्रम आएको बताइन । उनले कुन भुगोल कस्तो अवस्थामा छ, कुन क्षेत्र, कुन जनसंख्याको अवस्था कस्तो छ भन्ने कुरालाई प्राथमिकिकरण गरेर प्रदेश सरकारको बजेट ल्याउनुपर्ने बताइन । सत्तापक्षकी कुन्ती जोशीले नीति तथा कार्यक्रमले महिला सशक्तिकरणका लागि स्पष्ट नबोलेको बताइन । उनले भनिन् –‘महिला सशक्तिकरण कार्यक्रम बजेटमा उल्लेख होस् । महिला स्वयमसेवक, महिला जनप्रतिनिधीहरुका लागि पनि बजेटमा समेटियोस् ।’ 

छलफलमा सत्तपक्षका नेपालु चौधरी, अम्मरबहादुर साउद, मानबहादुर सुनार, ग्याल्बुसिंह बोहरा, शुशिला बुढाथोकी, माया तामाङ बोहरा, चुनकुमारी चौधरी र प्रेमप्रकाश भट्टले भाग लिएका थिए । नीति तथा कार्यक्रममाथिको छलफल  (शुक्रबार) विहान ८ बजेसम्मका लागि स्थगित गरिएको उपसभामुख निर्मला वडाल (जोशी)ले घोषणा गरिन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप