स्वास्थ्यका ६ विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवारी हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ र ११ औ तह (सहसचिव स्तर)का ६ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड –१९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उनीहरुको जिम्मेवार हेरफेर गरिएको बताएका छन् ।
उनका अनुसार स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयमा पठाइएको छ । श्रेष्ठले मन्त्रालयमा रहेर कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को जिम्मेवारी वहन गरेका छन् । यस्तै स्वास्थ्य विभागका महानिर्देशकमा डा.दीपेन्द्ररमण सिंहलाई पठाइएको छ ।
यसैगरी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.रमेश खरेललाई विभागको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ । व्यवस्थापन महाशाखाका निर्देशक डा.भोगेन्द्रराज डोटेललाई मन्त्रालयमा तानिएको छ । यसैगरी परोपकार प्रसूति गृहका निर्देशक डा.जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । प्रसूतिगृहमा कोशी अञ्चल अस्पतालका निर्देशक संगीता मिश्रलाई पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा