प्रदेश नं २ मा कोरोना सङ्क्रमितको संख्या ९६१ पुग्यो
धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९६१ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न सात जिल्लामा १०२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि, यस प्रदेशमा ८५९ सङ्क्रमित थिए ।
सप्तरीमा १२, धनुषामा एक महिलासहित छ, महोत्तरीमा तीन, सर्लाहीमा तीन, रौतहटमा छ र नौँ वर्षीय दुई बालकसमेत गरी ६५ जना, बारामा १२ र पर्सामा एक गरी १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए ।
यसैबीच, यस प्रदेशबाट १२२ जना निको भएर घर फर्केका छन् । घर फर्कनेमा पर्सामा ९६, बारामा नौ, धनुषामा चार, रौंतहटमा तीन, सर्लाहीमा एक र महोत्तरीमा तीन, सप्तरीमा एक र भारत तथा अन्य प्रदेशका गरी पाँच जना निको भएर घर फर्केका सचिव डा घिमिरेले बताए ।
यस प्रदेशमा अहिलेसम्म १८ हजार ८९३ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये १० हजार ७६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात हजार १६९ जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टिनको सङ्ख्यामा पनि बढोत्तरी गरिएको छ । यस प्रदेशको विभिन्न जिल्लामा ४११ वटा क्वारेन्टिन सञ्चालनमा रहेका र सो क्वारेन्टिनमा ३१ हजार ११९ शय्याको व्यवस्था गरिएको छ । यतिखेर, क्वारेन्टिनमा २२ हजार ९६१, होम क्वारेन्टिनमा सात हजार १५ र आइसोलेशनमा ५८९ जना बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी