बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य संकटकालको एजेन्डा मन्त्रिपरिषद बैठकमा परेन

बिहीबार, २२ जेठ २०७७, २२ : १७
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशमा स्वास्थ्य संकटकाल घोषणा गर्ने निर्णय गरेपनि यससम्बन्धी एजेन्डा मन्त्रिपरिषद बैठकमा पेश हुन सकेन् । कोरोना भाइरसको सक्रमणको मात्रा बढ्दै गएपछि मन्त्रीस्तरीय बैठकबाट स्वास्थ्य संकटकालको निर्णय गर्दै मन्त्रिपरिषदको बैठकमा लैजाने निर्णय भएको थियो । 

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा यसबारे कुनै कुरा नउठेको जानकारी दिए । बिहिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य संकटकालको निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको जानकारी गराएका थिए । मन्त्रालयले बनाएको कार्यविधि अनुसार २ हजारभन्दा बढी संक्रमित देखिएमा स्वास्थ्य संकटकाल घोषणा गर्ने व्यवस्था अनुसार मन्त्रीस्तरीय निर्णयलाई मन्त्रिपरिषदको बैठकमा पेश गर्ने भनिएको थियो । 
मन्त्रिपरिषदको बैठकमा भारतबाट आउने नेपालीलाई सिमानामा कोरोना परिक्षण गरेर सम्बन्धीत प्रदेशलाई जिम्मा लगाउने, प्रदेशले जिल्लालाई र  जिल्लाले सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाउने निर्णय गरेको छ । उनीहरुलाई यातायातका साधानबाट सुरक्षित रुपमा लगेर क्वारेन्टाइनमा राख्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।  यस्तै, हवाई माध्यमबाट विदेशबाट आउने नेपालीहरुका लागि पनि प्रदेश अनुसार स्थान तोकी प्रदेशले जिम्मा लिने र उनीहरुको स्वास्थ्य परिक्षण गरी सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप