शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

बिहीबार, २२ जेठ २०७७, २२ : १५
बिहीबार, २२ जेठ २०७७

मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । 

बिहीबार बसेको बैठकले बोर्डको रिक्त स्थानमा दाहाललाई छनौट गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । 

चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत पनि रहेका थिए । 

गत मंसिरमा  तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । नवनियुक्त अध्यक्ष दाहालले झन्डै ४० वटा चलचित्र निर्देशन गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप