बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कनेक्ट आइपीएस, खल्ती र सेल पेमार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने

बिहीबार, २२ जेठ २०७७, २१ : ०९
बिहीबार, २२ जेठ २०७७

 काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरुले अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे बाट जुनसुकै प्रकारको बीमाशुल्क रकम भुक्तानी गर्न पाउने भएका छन् । 

लाइफले हालै अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे संग बीमाशुल्क भुक्तानी सम्बन्धी म्ंझौता गरेको जनाएको छ । यो सम्झौता भएसँगै कम्पनीका बीमितहरुले घरमै बसेर प्रथम बीमाशुल्क, नबिकरण बीमाशुल्क तथा बीमालेख अन्तर्गतको ऋण लगायत सबै प्रकारका शुल्कहरु भुक्तानी गर्न सक्ने भएका हुन् । 

यसैगरी उक्त अनलाइन सेवा प्रदायकहरुबाट अभिकर्ताहरुले समेत रकम भुक्तानी गर्न सक्ने ब्यवस्था गरिएको छ । बीमित तथा अभिकर्ताहरुले घरमा बसेर नै बीमाशुल्क भुक्तानी गर्ने ब्यवस्था गरिएको कारण कम्पनीको बीमा सेवा उपभोग गर्न निकै सहज हुने कम्पनीले जनाएको छ ।

लकडाउनको जटिल अवस्थामा अनलाइन भुक्तानीबाट बीमित तथा अभिकर्ताहरुले फाईदा लिने कम्पनीले अपेक्षा गरेको छ । 

आगामी दिनमा बीमित तथा अभिकर्ताहरुलाई फाइदा पुग्ने गरी थप प्रविधियुक्त सेवा सुविधाहरु उपलब्ध गराउदै जाने पनि कम्पनीले जानकारी दिएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप