शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मापदण्ड अनुसार क्वारेन्टिन सञ्चालन नभएको भन्दै मुद्दा दायर

बिहीबार, २२ जेठ २०७७, २० : ५९
बिहीबार, २२ जेठ २०७७

बुटवल ।  प्रदेश ५ मा सञ्चालन भएका केही क्वारेन्टिन मापदण्ड अनुसार नभएको भन्दै आज प्रदेश सरकार र कपिलवस्तुका केही स्थानीय तहलाई विपक्षी बनाए मुद्दा दायर गरिएको छ ।

कपिलवस्तु मायादेवी गाँउपालिका ५ का सुनिल कुमार चौहान र कपिलवस्तु कृष्णनगर नगरपालिका ६ का अरुणेश कुमार उपाध्यायले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश नम्बर ५ बुटवल, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रशासन कार्यालय रुपन्देही सहित दुई जिल्लाका ९ स्थानीय तहलाई विपक्षी बनाएर उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्धा दायर गरेका हुन् । 

सो मुद्दामा नेपालको मापदण्ड अनुसारकाे क्वारेन्टिन बनाउन संविधानको धारा १४४ (१) र (२) बमोजिम परमादेश प्रतिषेधलगायत अन्य आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरि पाऊँ भन्ने माग गरिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो मुद्दाको सुनुवाईका लागि शुक्रबारको पेशी तोकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप