बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनलाई खुकुलो पार्न चेम्बरका अध्यक्षको सुझाव

बिहीबार, २२ जेठ २०७७, १९ : ०३
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान बनाउनुपर्ने बताएका छन् । 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका अधिकारीसँग भेटगरी  उनले यस्तो सुझाव दिएका हुन् । 

यी सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएको श्रेष्ठले बताए । 

भेटका क्रममा सीडीओहरुले यी सबै सुझावलाई लिएर  नयाँ मोड्यालिटि बनाएर कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप