शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि सुधार शुल्क तथा भन्सार दर १ प्रतिशत कायम गर्न दाना उद्योग संघको माग

बिहीबार, २२ जेठ २०७७, १८ : ५१
बिहीबार, २२ जेठ २०७७

नेपाल दाना उद्योग संघले कृषि सुधार शुल्क तथा भन्सार दर १ प्रतिशत कायम गर्न माग गरेको छ । 

संघले एक विज्ञप्ति जारी गर्दै कुखुरा पालक किसानले दानाको रुपमा प्रयोग गर्ने मकैमा कर वृद्धि भइ हाल ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशत कृषि सुधार शुल्क तथा भन्सार दर कायम गरिएकोले उत्पादन लागत बढ्न गइ दानाको मूल्य बढाउन बाध्य हुने भएकाले त्यसमा पुनर्विचार गर्न आग्रह गरिएको छ । 

‘कुखुरापालन ब्यवसाय आत्मनिर्भर बनाउने क्रममा बिगत १५ वर्ष देखि देशको उत्पादनले नपुग्ने मकै र देशभित्र उत्पादन भए पनि (भुटी खान मात्र पुग्ने)भटमासको पिनामा १.६ प्रतिशत मात्र कृषि सुधार शुल्क लागु भएकोमा बर्तमान अर्थ मन्त्रीको आगमन पश्चात यो कर वृद्धि भई हाल मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशत कृषि सुधार शुल्क तथा भन्सार दर कायम गरिएकोले उत्पादन लागत बढ्न गई दानाको मुल्य बढाउन बाध्य हुनेहुँदा प्रत्यक्षरुपमा किसाान एबमं उपभोक्तालाई मार पर्छ’, संघका अध्यक्ष रविन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जस्तो खुल्ला सिमाना भएको देशमा छिमेकी राष्टमात्यहाँको बिबिध सरकारी सुबिधाले गर्दा कम लागत मूल्यमा उत्पादित दाना ,चल्ला, अण्डा आदी चोरी बाटोबाट भित्रिनगई यहाँको व्यवसाय धरासयी हुने अवस्था सिर्जना भएको छ । प्रत्यक्षरुपमा  लाखौं व्यक्तीहरुले रोजगारी पाई रहेको यो व्यवसायलाई जिवित राख्न बिगत बर्षहरूमा तथा तत्काल वृद्धि गरिएको कृषि सुधार शुल्क तथा भन्सार दर १ प्रतिशत मात्रहुने गरी तत्काल घटाउन यो सघं अर्थ मन्त्रीअर्थ मन्त्रालय र सम्बन्धित निकायलाई जोडदार माग गर्दै हार्दिक अनुरोध गर्दछ ।’

संघले  पोल्ट्रीजन्य ब्यवसायले नेपालको अर्थतन्त्रमा ३.५ प्रतिशत देखि ४ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा योगदान दिइरहेको भन्दै यो क्षेत्रमा बैंक तथा बित्तीय संस्थाहरुको मात्रै करिब ४० अर्ब बराबरको ऋण लगानी भएको उल्लेख गरेको छ । 

 कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएको यो ब्यवसाय धरासायी बन्न गएमा १ खर्ब ३०  अर्बको लगानी डुब्नुका साथै प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा  लाखौं व्यक्तीहरुले पाइरहेको रोजगारी गुम्न सक्ने र ठूलो आर्थिक क्षति हुन सक्ने भएकाले बेलैमा गम्भीर बन्न समेत सचेत गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप