उडानको तयारीमा लाग्यो बुध्द एयर, भाडा घट्यो (भाडादरसहित)
हवाइ इन्धनको मूल्य घट्नुका साथै सरकारले बजेटमार्फत अतिरिक्त कर पनि १० हटाइएपछि बुध्द एयरले सोही अनुसार फ्यूल चार्ज घटाएको छ ।
जसअनुसार हवाई दुरी अनुसार नेपाली यात्रुको हकमा अधिकतममा रु ११०५ देखि न्यूनतममा रु २२५ सम्म भाडा घटेको बुद्ध एयरले जनाएको छ ।
बुध्द एयरले लकडाउनपछि उडानका लागि व्यापक तयारी गरिरहेको जनाएको छ । लकडाउनमा केही जहाज उडेता पनि तिनीहरुको नियमित मर्मतसम्भार तथा परीक्षणहरु गरि नै रहेको एयरलाइन्सले जनाएको छ ।
कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको गाईडलाइन अनुसार ‘सुरक्षा निर्देशिका’ पनि ल्याईसकेको एयरलाइन्सले जनाएको छ । सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी, जहाजहरुको विशेष सरसफाई, र्याम्प बस, कार्गो, ट्रली, विभिन्न काउण्टर तथा कार्यस्थललाई कसरी सुरक्षित राख्ने विस्तृतमा उल्लेख रहेको छ ।
सुरक्षा निर्देशिका अनुसार आफ्ना कर्मचारीहरुलाई आउने सातादेखि तालिम प्रदान गर्ने बुध्द एयरले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरि आउने साताको अन्त्यसम्म सोही अनुसार अभ्यास गर्ने पनि जनाएको छ । यस अभ्यासले यात्रु तथा कर्मचारीको सुरक्षामा विशेष भूमिका खेल्ने उसको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ भाडादर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
-
युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका
-
पोखरीमा डुबेर बालिकाको मृत्यु